१२ मंसिर २०८०, मंगलवार
अनलाइन गेमिङ कम्पनीहरूबाट भारतले माग्यो १० खर्ब भारु कर

मुम्बई । भारतीय कर अधिकारीहरूले अनलाइन गेमिङ कम्पनीहरूसँग १० खर्ब रुपैयाँ (१२ अर्ब ३ करोड डलर) बराबरको कर भुक्तानीको आदेश दिँदै सूचना जारी गरेका छन् । अगष्टमा भारतले अनलाइन गेमिङ कम्पनीहरूमाथि उनीहरूले अनलाइन गेम खेल्न डिपोजिट भएको कूल रकमको २८ प्रतिशतको कर लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि मोबाइल प्रिमियर लिगजस्ता केही कम्पनीहरूले कर्मचारी नै कटौती गर्नु पर्ने स्थिति सृजना भएको थियो । अनलाइन गेमिङ कम्पनीहरूले १० खर्ब भारु कर तिर्न भन्दै कर विभागले सूचना जारी गरेको एक सरकारी अधिकारीले नाम नखुलाउने शर्तमा भनेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एउटा समाचार छापेको छ । यस विषयमा अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएको समाचारमा बताइएको छ । रातोपाटि
Subscribe
Login
0 Comments