१३ मंसिर २०८३, शनिबार

भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि बाँकेमा सबै संयन्त्र क्रियाशील राखिने

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार ०८:२२ मा प्रकाशित

नेपालगन्ज । बाँकेमा जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने भएको छ । भेरी अस्पताल परिसरमै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतीलाई मध्यनजर गरी आवश्यक प्रतिकार्यका लागि सवै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो ।

भूूकम्पका कारण घाइते विरामीको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरिएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज लगायत सवै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रबणकुमार पोख्रेलले जानकारी दिए ।

विरामीका लागि रगतको अभाव हुन नदिन सबै स्वयंसेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको छ । भूूकम्पवाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए । राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारको लागि पुग्ने सामग्री साथै मेडिकल टिम परिचालन गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए । यस्तै कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. २ लाख बरावरको खाद्यान्न र औषधी उपलव्ध गराइने भएको छ । राप्तीसोनारी गाँउपालिकाको तर्फवाट रु. १ लाख वरावरको ‍औषधि सामग्री र रु. ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम परिचालन गरिने भएको छ । यस्तै २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ  ।  खजुरा गाउँपालिकाको तर्फवाट रु. ३ लाख बरावरको औषधि सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल, त्रिपाल र पिफर्म उपलव्ध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्मल उपलव्ध गराइने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x