लाखौं मुल्य बराबरका लत्ताकपडा र पटाका बरामद
बाँके । सशस्त्र प्रहरी जयसपुर बीओपीले भारतबाट नेपाल भित्रिदै गरेको लाखौं मुल्य बराबरका लत्ताकपडा र पटाका शनिबार बरामद गरेको छ ।
नेपालगंज उप-महानगरपालिका-१६ स्थित इच्छाराम बाबाबाट शुकवार सशस्त्र प्रहरीले करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा पटाका बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँके बोर्डर आउट पोस्ट (बिओपी) जयसपुरले भन्सार छलीका सामान बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीले जानकारी दिए ।
सप्रनि राम बहादुर खत्री कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेको व्यक्तिहरु सामान छोडेर भागेपछि तीसामग्री बरामद गरेको खत्रीले बताए । बरामद गरिएका लत्ताकपडा चिनी प्लास्टिक झोला र पटाकाको अंदाजी मूल्य ५ लाख ३३ हजार ५ सय रुपैयाँ रहेको छ । अवैध सामानलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले बताएको छ ।


