१३ मंसिर २०८३, शनिबार

ठगी गर्ने एक जना पक्राउ

एसीपी संवाददाता

२२ कार्तिक २०८०, बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –१० घर भइ हाल काठमाडौंको नागार्जुन–६ रामकोट बस्दै आएकी ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छिन्।

उनले राज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै त्यसका लागि ८ लाख लाग्ने र उता पुगेपछि मासिक १ लाख ५० हजार कमाइ हुने भनी विश्वासमा लिएर पीडितहरुबाट पटकपटक गरी ३८ लाख रुपैयाँ लिएकी थिइन्।

तर उक्त रकम हात पारिसकेपछि सुनिता फरार भइन्। सम्पर्कमै नआएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए। वैदेशिक रोजगारको पत्रअनुसार प्रहरीले उनलाई मंगलबार काठमाडौं‌–२४ इन्द्रचोकबाट फेला पारी पक्राउ गरेको थियो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x