१३ मंसिर २०८३, शनिबार
भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर
भेरी अस्पताल, नेपालगञ्जले भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर गरेको छ । भूकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक÷एक जनालाई रिफर गरिएको हो ।
जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ । सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए । तीनै जना विरामीमा किड्नीको समस्या देखिएको छ । उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ । भेरीमा ५३ जना घाइते आएका थिए । त्यसमा तीन जना डिस्चार्ज भएका छन् । १० जना बिरामीको अप्रेसन गरिएको छ सबैजसो खतरामुक्त छन् । –यसै बिच जाजरकोटका भुकम्प प्रभावित परिवारको मलमपट्टीका लागि भु.पू. प्रहरी संगठन बांकेको तर्फबाट नगद रु ९१००० ! सहयोग उपलब्ध भएको छ ।

Subscribe
Login
0 Comments


