१३ मंसिर २०८३, शनिबार

संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरु दिए भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री

एसीपी संवाददाता

२५ कार्तिक २०८०, शनिबार ०८:५७ मा प्रकाशित

काठमाडौं – संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन्।

bharat (4).jpg

विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका छन् ।

bharat (3).jpg

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।

bharat (1).jpg

केहि दिन अगाडी मात्र भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको थियो।

bharat.png

भारतीय वायुसेनाको विशेष विमानले ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x