नेपालगन्जमा सौगात इलेक्ट्रोक हबमा आगलागी सम्पूर्ण समान जलेर नस्ट
रिसभ सिंह वाडिया नेपालगन्ज – मध्यरातमा नेपालगन्ज उपमहानगरपालिका वडा नंबर २ घरबारीटोलमा रहेको सौगात इलेक्ट्रोक हबमा आगलागी भएको छ । अगोलागी भएको भन्दै स्थानीयले खबर गरेपछि नेपाल प्रहरी , सशस्त्र प्रहरीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । दमकलले आगो नियन्त्रण लिदा सम्म पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको स्थानीयले बताएका छ्न । 
उक्त पसल नेपालगञ्जको घरवारीटोलस्थित एक इलेक्ट्रोनिक हो । तिहारको दोस्रो दिन राती ९ बजेको समयमा आगोलागि भएको थियो ।
आगलागीबाट पसलमा रहेको पुरै सामान खरानी भएका छन् । पसलमा बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ आगलागीलगत्तै पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बरुण यन्त्रको सहायतमा आगलागी नियन्त्रणमा लिइएको थियो । करिब एक घण्टा आगलागी नियन्त्रणको प्रयास भएको स्थानीयले बताए । 
सुर्खेतरोडमा रहेको नेपाल नेपाल एयरलाईन्स कार्यालयको अगाडीबाट घरवारीटोल प्रवेश गर्ने क्रममा घरवारीटोल मोडमा रहेको सामुदायिक बिद्यालयको व्यवसायीक भवनमा रहेको सटरमा उक्त इलेक्ट्रोनिक पसल संचालन हुँदै आएको थियो व्यवसायी धुब्र दाहालले संचालन गर्नुभएको पसलमा टेलिभिजन, फ्रिज, कुलर लगायतका इलेक्ट्रोनिक सामानहरु रहेको थियो घटनालगत्तै जिल्ला प्रहरी तथा वडा प्रहरी कार्यालयको टोली पुगेको थियो ।


