१३ मंसिर २०८३, शनिबार

लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट

एसीपी संवाददाता

२७ कार्तिक २०८०, सोमबार १०:३४ मा प्रकाशित

संखुवासभा – सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

गएराति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

प्रहरी निरीक्षक लामिछानेका अनुसार आगलागीबाट राईको घर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन। आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए। ​

गएराति साढे ११ बजे लागेको आगा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए। आगलागीबाट नगद ३१ हजार रुपैयाँ पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो टेम्पोमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विवरण आई नसकेको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x