१३ मंसिर २०८३, शनिबार

कांग्रेस प्रदेशसभा सभापतिमा बुढाथोकी निर्वाचित

एसीपी संवाददाता

२८ कार्तिक २०८०, मंगलवार ०९:१४ मा प्रकाशित

नेपालगन्ज । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर १ (क) बाँकेको सभापतिमा अम्बर बहादुर बुढाथोकी निर्वाचित भएका छन् । राप्तीसोनारी-५ विनौनामा आज सम्पन्न निर्वाचनबाट बुढाथोकी सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । उनी यसअघि कार्यवाहक सभापति थिए । १४औं महाधिवेशनमा सभापति निर्वाचित लक्ष्मण थारुले पार्टी परित्याग गरेपछि सभापति पद रिक्त थियो ।

यस्तै उपसभापति कमलराज कार्की निर्विरोध निर्वाचित भएका छन् । बुढाथोकी सभापति भएपछि रिक्त उपसभापति पदमा कार्की निर्वाचित भएका हुन् । यस्तै रिक्त सोमली थारु, लिला नेपाली र सुशिला थारु तथा सदस्यमा निर्मलकुमार खड्का र लिलबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।

No description available.

नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रम कांग्रेस राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्रीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवनिर्वाचित पदाधिकारीलाई बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सचिव कोइरालाले ग्रासरुटमा पार्टी बलियो बनाउनतर्फ लाग्न आग्रह गरे । ग्रासरुटमा पार्टी बलियो बने मात्र नेता-कार्यकर्ता र पार्टीको भविष्य उज्ज्वल हुने उनको भनाई छ । कोइरालाले युवा पंक्तिले पार्टीको संगठन मजबुत बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिँदै तत्काल अवसर खोज्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए ।

No description available.

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि एवम् राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, महाधिवेशन प्रतिनिधि संगिता थारु लगायत उपस्थित थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x