१३ मंसिर २०८३, शनिबार

जाजरकोट ; भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्ने

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार १६:२३ मा प्रकाशित

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

विभागले आज राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x