१० आश्विन २०८३, शनिबार

पाकिस्तानी आतंकवादीको ’हत्या’ गरेको आरोप झुठो भएको भारतको दाबीः

एसीपी संवाददाता

१२ माघ २०८०, शुक्रबार १८:५६ मा प्रकाशित

भारतीय एजेन्टद्वारा दुई आतंकवादीलाई पाकिस्तानी भुमिमा मारेको पाकिस्तान सुरक्षा अधिकारीको आरोपलाई भारतीय विदेश मन्त्रालयले झुठो भएको बताएका छन् ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती मार्फत उक्त दाबीको खण्डन र्दै भारतले भनेका छन् “जे जस्तो रोप्छ त्यही काट्नु पर्दछ” भन्दै यसलाई झुठो र द्वेषपूर्ण भारत विरोधी पाकिस्तानको प्रचारबाजी मात्रै भएको बताएका हुन् ।
पाकिस्तानले भारतीय एजेन्टले JeM र LeT सँग सम्बन्धित दुई पाकिस्तानी आतंककारीलाई आफ्नो भूमिमा मारेको दाबी गरेपछि भारतले विज्ञप्ति जारी गर्दै उक्त कार्य प्रति घोर आपत्ती प्रकट गरेको छ । विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ कि, ’भारत र अन्य धेरै देशहरूले सार्वजनिक रूपमा पाकिस्तानलाई चेतावनी दिएका छन् कि आतंक र हिंसामा रमाउने पाकिस्तान आफ्नै आतंकवादको कारण सकिने छ ।
श्रोतः भारतीय विदेश मन्त्रालय

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x