२७ श्रावण २०८३, बुधबार

भारतले साढे तीन करोड लागतमा खोटाङमा बनाइदियो विद्यालय र छात्राबास भवन

एसीपी संवाददाता

२३ चैत्र २०८०, शुक्रबार ०९:२१ मा प्रकाशित

गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय र छात्रावास भवन निर्माण गरिएको छ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको भवनको बिहीबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो।  कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ५० प्रतिशत छात्रा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x