१ आश्विन २०८३, बिहीबार
बग्दै गरेको बाग्मती
ओम आचार्य
बग्दै गरेको बाग्मतीमा
लाशहरु किनारा लाग्दै गए
बाग्मतीको प्रवाह संगै लाश बगेनन
बाग्मतीले आफ्नो प्रवाह संगै
लाश बगाउन चाहिनन
ति लाशहरु संगै बाग्मती
आफु प्रदुसित हुन चाहिनन
बाग्मती मैलो हुन र
अशुध्द हुन चाहिनन
लाश सडेको गलेको थियो
काँधमा लाश उठाउने
र मलामी जाने कोही थिएन
लाशमाथि
राष्ट्रिय झन्डा र
कुनै पाटीको झन्डा ओडाउने
कुनै नागरिक थिएन
परिवारले
समाजले
गाँउले र
शहरले
लाश बाग्मतीमा फ्याकेका थिए
कुनै स्मशान साधना गर्ने
अघोरीले पनि त्यो लाशमाथि
साधना गर्न अयोग्य ठानेको
कस्को लाश थियो त्यो?
केही लाशहरुको बाग्मती किनारमा
दाहासंस्का हुदै थिए
केही लाशहरु बाग्मतीको प्रवाह संगै बग्दै पनि थिए
र केही लाशहरु
बाग्मतीले आफ्नो प्रवाह संगै बगाइनन
ति लाश दुर्गन्धित थिए
यौटा लाश भित्र
मर्न बाध्य वनाइएका
अनेकौं लाश थिए
ति लाश दुर्गन्धित थिए
जस्लाइ बागम्तीले
किनारमा छोडिदिइन
र संस्कार विधी हुन पाएन
कस्को लाश थियो त्यो ?
त्यो लाश
डाक्टर को थिएन
त्यो लाश कुनै मन्दिरको पुजारीको थिएन
कुनै न्यायलयको न्याधिशको पनि थिएन
र त्यो लाश कुनै स्कुलको
कलेजको शिक्षक को पनि थिएन
त्यो लाश कस्को थियो?
त्यो लाश थियो
सरकारको!
Subscribe
Login
0 Comments


