१३ असार २०८३, शनिबार
दूरीहरूले मनलाई अझै तानिरह्यो,
नुर मोहम्मद अन्सारी
दूरीहरूले मनलाई अझै तानिरह्यो,
यो यात्रा हरपल आफ्नै सँगै हानिरह्यो।
सपनाहरू बिनाको जिन्दगी अधुरो लाग्छ,
सपना देख्न मनले आज फेरी मानिरह्यो।
घाउहरू लुकाएर मुस्कान दिउँ भने,
पिडाले आँसुका धार बोकी जानिरह्यो।
एउटा एकान्त खोज्दै छु यो भीडभाडमा,
जहाँ हृदयले हरेक रहस्य जानिरह्यो।
सुकिलामुकिला क्षणहरूले धोखा दिए,
अस्तित्व मेरा पाइलाले फेरी ठानिरह्यो।
Subscribe
Login
0 Comments



