१ श्रावण २०८३, शुक्रबार

अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन्

एसीपी संवाददाता

१ माघ २०८१, मंगलवार ११:५० मा प्रकाशित

इस्लामाबाद ।  नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मुस्लिम नेताहरूलाई अफगानिस्तानमा महिलाहरूका लागि तालिवानले बनाएको नीतिलाई चुनौती दिन आग्रह गरेकी छन्। मलालाले भनिन्, ‘सरल शब्दमा भन्नुपर्दा अफगानिस्तानका तालिबानले महिलालाई मानवको रूपमा हेर्दैनन् ।’

इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो बताएका हुन् । मलालाले मुस्लिम नेताहरूलाई तालिवानको नीतिमा ‘इस्लामिक केही पनि’ नभएको बताएकी छन्।

तालिबानले आफ्ना नीतिहरूमार्फत महिलाहरूलाई अध्ययन र काम गर्नबाट रोकेको छ। २७ वर्षीया मलालालाई १५ वर्षको उमेरमा बालिका शिक्षाको विषयमा खुलेर बोलेको भन्दै तालिवानले टाउकोमा गोली हानेको थियो ।मायादेवीअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x