१८ भाद्र २०८३, बिहीबार

भोटेकोसी बाढीपीडितका लागि बालेराम रामाशंकर ज्वेलर्स परिवारको १ लाख ११ हजार सहयोग

एसीपी संवाददाता

१८ भाद्र २०८३, बिहीबार १३:५१ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, भदौ १८ गते — भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालगञ्जस्थित बालेराम रामाशंकर ज्वेलर्स परिवारले रु. १ लाख ११ हजार आर्थिक सहयोग गरेको छ।

ज्वेलर्स परिवारले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको परिवारले जनाएको छ।

भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै विभिन्न क्षेत्रका नागरिक प्रभावित भएका छन्। यस्तो विपद्को अवस्थामा पीडितको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै ज्वेलर्स परिवारले सहयोग गरेको हो।

सहयोग रकमले बाढीपीडित परिवारको राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, विपद्को समयमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अन्य उद्योगी, व्यवसायी, संघ–संस्था तथा व्यक्तिहरूलाई समेत सहयोगका लागि अघि बढ्न आग्रह गरिएको छ।

तस्बिरमा : प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकमको भौचर हस्तान्तरण गर्दै बालेराम रामाशंकर ज्वेलर्स परिवारका प्रतिनिधिकाे सहभागिताथियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x