विपद् व्यवस्थापन र सानो बचतको शक्ति: बालेन शाहको विचारले जन्मायो नयाँ बहस
काठमाडौं — भोलि आउन सक्ने सम्भावित विपद् र संकटको सामना गर्न आजैदेखि नागरिकस्तरबाटै आर्थिक सचेतना अपनाउनुपर्ने आवाज उठेको छ। दैनिक जीवनमा सामान्य लाग्ने सानो बचतले पनि राष्ट्रिय रूपमा कति ठूलो पुँजी निर्माण गर्न सक्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा चासोका साथ हेरिने व्यक्तित्व बालेन शाहले एक गम्भीर प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत एउटा सचेतनामूलक कुरा राख्दै भनेका छन्:
“भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यो भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?”
बालेन शाहले उठाएको यो प्रश्नको गणितीय पाटो निकै रोचक र गम्भीर छ। यसलाई नेपालको कुल जनसंख्याको आधारमा हिसाबा गर्दा निस्कने आँकडाले जो सुकैलाई अचम्मित पार्न सक्छ:
दैनिक जम्मा: एक व्यक्तिले १ रुपैयाँ ले एक वर्षको ३६५ दिनमा बचाउने रकम ३६५ रुपैयाँ र प्रतिव्यक्ति १ रुपैयाँ ले नेपालको कुल जनसंख्या (लगभग): २ करोड ९१ लाख ६४ हजार बढी (राष्ट्रिय जनगणना २०७८ अनुसार) यदि नेपालका हरेक नागरिकले (बच्चादेखि वृद्धसम्म) दैनिक १ रुपैयाँ मात्रै जम्मा गर्ने हो भने पनि एक वर्षमा अरौं रुपैयाँ जम्मा हुन आउँछ:
अर्थात, सामान्य बुझाइमा एकदमै नगण्य लाग्ने १ रुपैयाँको दैनिक बचतले पनि सामूहिक रूपमा राष्ट्रिय स्तरमा करिब साढे १० अर्ब रुपैयाँ भन्दा बढीको विशाल आपत्कालीन कोष तयार पार्न सकिन्छ।
नेपाल भौगोलिक तथा वातावरणीय दृष्टिकोकोणले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्का उच्च जोखिममा रहेको मुलुक हो। विपद्को समयमा सरकारको मात्र मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्दै समुदायस्तरमा आर्थिक आत्मनिर्भरता र आपत्कालीन कोषको अवधारणा विकास गर्न यो गणितीय उदाहरणले महत्त्वपूर्ण संदेश दिएको छ।
दैनिक १ रुपैयाँको सानो बानीले कसरी राष्ट्रिय विपद्को सामना गर्न बलियो टेवा दिन सक्छ भन्ने यो विचारले अहिले आम नागरिकबीच व्यापक बहस र चर्चाको विषय बनेको छ।


