२१ बैशाख २०८३, सोमबार

संकटबाट जोगाउन नेपाल संघीय हिन्दू गणतंत्र राष्ट्र हुनु पर्दछ : अध्यक्ष यादव

एसीपी संवाददाता

७ माघ २०८१, सोमबार ०८:५१ मा प्रकाशित

मुलुकमा बढदै गएको भ्रष्टाचार र अन्यौलताका कारण जनतामा बढदै गएको निरासालाई मध्यनजर गर्दै राष्ट्रिय अभियानले तराइमा जनजागरण अभियान सुरु गरेको छ ।

पर्साको जीरा भवानी गाउँपालिकामा अभियनले राखेको जनजागर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले मुलुकको राष्ट्रिय राजनितिक स्थाइत्वको लागी नेपाल संघीय हिन्दू गणतंत्र हुनेपर्ने धारणा व्यक्त गर्नुभयो ।उहाले नेपालका सार्भौमिकतालाई जोगाउने सविधान संशोधन गरी नेपाललाई हिन्दू गणतंत्रात्मक मुलुक स्थापना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

राष्ट्रिय अध्यक्ष यादवले मुलुकमा बढदै धार्मिक उन्मादलाई लगाम लगाउने नेपाल संघीय हिन्दू गणतंत्र हुनुपर्ने धारणाका साथ आफुहरु तराईमा यो अभियान सुरु गरेको बताउनु भयो । जनआन्दोलन ६२÷६३को मर्मबिपरित मुलुकमा रातारात धार्मिक निरपेक्ष्यता लादिएको बताउदै अध्यक्ष यादवले मुलुकमा बढदै गएको धार्मिक उन्मादका लगाम लगाउन मुलुकको सविधान परिवर्तन गरि हिन्दु राज्य स्थापना गर्नुपर्दछ बताउनु भयो ।
धर्मनिरपेक्षताको कारण नेताहरु प्रजा र प्रजातन्त्र भन्दा पनि भोट मुखि भएको कारण ९५प्रतिशत भन्दा बढी रहेका हिन्दुलाई धार्मिक ,समाजिक चुनौती खेप्नु परेको बताउनु भयो ।

देशमा आर्थिक संकट गहिरिदै गएको र विश्वभरीका हिन्दूहरुको आस्थाको रुपमा रहेको नेपाललाई संघिय हिन्दू गणतंत्र घोषणा गरे पछि करोडौ हिन्दु धार्मिक पर्यटन भित्रिने अध्यक्ष यादवको भनाइ थियो ।

भोटबैकको बहाना र धर्मनिरपेक्षताको आडमा जिहादीहरु प्रवेश नेपालमा बढदै गएको नेपालका सोझा साझा मुस्लिमलाई प्रशिक्षण दिई समप्रदयिक हिंसा अभियान भविश्यको लागी चिन्ताको बिषय भएकोले राज्यको ध्यान यसतर्फ जानु पर्ने आवश्यकता रहेको नेता यादवको तर्क रहेको थियो ।

समाजसेवी बिकाऊ प्रसाद भण्डारी ९थारू०को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले पनि आ–आफ्नो मन्तव्य राखेका थिए । वक्ताहरूले धार्मिक, सांस्कृतिक र सामाजिक समरसता कायम राख्दै राष्ट्रको विकासमा योगदान दिन राष्ट्रिय एकता अभियानको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट संघीय गणतंत्रको महत्व र अभियानलाई थप सशक्त बनाउने रणनीतिक सुझाव समेत दिइएको थियो ।समापनमा अध्यक्ष बिकाऊ प्रसाद भण्डारीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै अभियानका लक्ष्य पूरा गर्न निरन्तर प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे ।जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x