३२ असार २०८३, बिहीबार

हमासले थप ४ जना बन्धक रिहा गर्‍यो

एसीपी संवाददाता

१२ माघ २०८१, शनिबार १७:०६ मा प्रकाशित

एजेन्सी । हमासले इजरायलका चार जना बन्धक रिहा गरेको छ ।

शनिबार हमासले चार जना महिला बन्दीलाई रेडक्रसलाई बुझाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमासका अनुसार रिहा गरिएका चारै जना महिला इजरायली सेना हुन् । हमासका अनुसार रिहा हुनेमा करीना एरिएध, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रिहा भएका छन् । बन्धकको रिहाइपछि तेल अविवमा खुसीको माहौल देखियो ।

अब इजरायलले प्यालेस्टाइनी बन्दीलाई रिहा गर्नेछ । गत आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x