प्रदेश सभा सदस्य यादवद्वारा मदरसाको शिलान्यास
जनकपुरधाम,बैशाख २१ गते ।
जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ कनकपट्टी गाउँमा एक समारोहबीच मदरसाको शिलान्यास गरेका छन।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ का वार्ड अध्यक्ष रामवृक्ष यादव ,निर्वतमान वार्ड अध्यक्ष परमेश्वर यादव, संत कबिर राजेन्द्र साहेब, समाजसेवीहरु असर्फी साह, तिलेश्वर यादव,तेजनारायण यादव,विशेश्वर यादव, विन्देश्वर यादव,लक्ष्मण यादव जसपा,नेपालका वार्ड कमिटीका अध्यक्ष दुखी यादव, एकीकृत समाजवादी पार्टी का अध्यक्ष विशेश्वर यादव, मुस्लिम समुदाय का मोकिम मोमिन,बेचन मोमिन,सकुर मोमिन,रमजान मोमिन ,सलामत मोमिन सहित स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेका छन।
मुस्लिम बालबालिकाहरुलाई मातृभाषा उर्दुमा अध्ययन गर्न उदेश्यले मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगबाट सो मदरसाको निर्माण कार्य सम्पन्न हुने छ।



