२१ बैशाख २०८३, सोमबार

भारतिय दूतावासको आयोजनामा हिन्दी साहित्य , उत्सव

एसीपी संवाददाता

१४ असार २०८२, शनिबार २०:३७ मा प्रकाशित

बिकास खडका , असार  १४ गते  – आज भारतीय दूतावासद्वारा नेपाल-भारत पुस्तकालयको सभागारमा हिन्दी साहित्य उत्सव आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिमा डा. सनत बस्ती उपस्थित हुनुहुन्थ्यो  । कार्यक्रममा जुन महिनामा जन्मेका तीन महान साहित्यकार बंकिमचन्द्र चट्टोपाध्याय, देवकीनन्दन खत्री तथा विष्णुप्रभाकर को व्यक्तित्व एवं कृतित्व बारेमा छलफल गरिएको थियो ।

जसमा पुरुषोत्तम पोखरेल, उषा शर्मा आदि वक्ताहरूले आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। अन्तर्राष्ट्रिय हिन्दी परिषद्को कार्यक्रम सहभागी थियो । संस्थाकी डा. रीना यादवले संस्थाको बारेमा जानकारी प्रस्तुत गरेकी थिइन्। केन्द्रीय विद्यालयका प्राचार्य  ए. जराल्डले आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गर्नु भयो  । केन्द्रीय विद्यालयका विद्यार्थीहरूले आवारा मसिहा, चन्द्रकान्त सन्तती र वन्दे मातरम् राष्ट्रिय गीतको बारेमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x