११ जेष्ठ २०८३, सोमबार

जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित : मोहनविक्रम सिंह

एसीपी संवाददाता

८ मंसिर २०८२, आईतवार ०८:५८ मा प्रकाशित

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए ।

‘यो सरकार मूल रुपमा जेनजी आन्दोलनको परिणाम हो । जेनजी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा सञ्चालित हो,’ उनले भने, ‘त्यसका मान्छेहरु पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदांगो बनाएको छ ।’

अमेरिकासँग सम्बन्धित व्यक्तिहरु नै सरकार बनाउने खेलमा सक्रिय रहेको बताउँदै उनले विभिन्न पछिल्ला गतिविधिहरूले उनीहरूको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गरे ।

‘यो जेनजी आन्दोलनलाई गलत तत्वहरुले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्वहरुको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रुपमा जेन जी आन्दोलन रहेको छैन,’ उनले भने ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x