१३ असार २०८३, शनिबार

प्रधानमन्त्री केपि ओलिको बृहत गोप्य तयारी प्रचण्ड नेपाल समुहमा मच्चियो खैलाबैला

एसीपी संवाददाता

१९ माघ २०७७, सोमबार ०५:५६ मा प्रकाशित

पुष ५ मा संसद विघटन गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफल गरेका थिए। त्यसमा पुनर्स्थापना हुने अवस्था आएमा जनमतसंग्रहमा जाने। नेपालमा धर्म निरपेक्षता र संघीयता जनताको चाहना विपरित बाह्य स्वार्थमा लादिएका एजेण्डा हुन भन्नेमा कुनै शंका छैन । त्यसैले त जनमतसंग्रह समेत नगरी हतार हतार संविधान घोषणा गर्नु यसैको परिणाम हो । अहिले आफूलाई परिवर्तनकारी भन्ने बाहेक सबै निरपेक्षता र संघीयताको विपक्षमा छन् ।

नेपालमा पाँचौ दिन सम्म कोभिड १९ विरुद्धको खोप अभियान ८८ हजारभन्दा बढीलाई खोप

आम नेपाली हिन्दु राष्ट्र र संघीयताको खारेजी चाहन्छन् । संघीयता खारेजीको संकेत प्रधानमन्त्री र उनका मन्त्रीहरुले स्वयं गरिसकेका छन् । ओलीले संघीयताका साथै धर्म निरपेक्षतामा जनमत संग्रह गराउने योजना तयार पारेका राखेका छन् । यस्तोमा जनप्रिय निर्णय ओलीले गर्न सक्छन भनेर आन्दोलनका नाममा सडकमा रहेका प्रचण्ड र माधव नेपाल समूह आत्तिएको छ । त्यसो त प्रधानमन्त्री ओलीले राम मन्दिमरको विषय र पशुपतिनाथ दर्शनबाट सरप्राइज दिइसकेका छन् । अब आउँदो माघ २३ गते अर्को सरप्राइज दिने तयारीमा ओली छन्‍ । उनको सरप्राइजबाट प्रचण्ड नेपाल समूह भने आत्तिएको छ ।

कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण

समूहले ओलीले हिन्दुराष्ट घोषणा गर्न सक्ने भन्दै पिरल्न थालेको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आइतवार माइतीघरको धर्नालाई सम्बोधन गर्दै ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्नेबारे शंका व्यक्त गरेका छन् । चितवनमा पुगरे राम मन्दिर बनाउने घोषणा गरेको तथा पशुपतिमा संकल्प पूजा गरेको भन्दै पाण्डेले ओलीले अब धर्मनिरपेक्षताबाट टाढिएको टिप्पणी गरे । ‘ओलीले २३ गते हिन्दुराष्ट्र घोषणा गर्दैछन् भन्ने चर्चा चल्दै छ। उनी यो बाटोमा जान सक्छन् । म सुन्दै छु, ओलीले राजावादीलाई २३ गतेको सभामा उपस्थित हुनु भनेर उर्दी जारी गर्दैछन् रे,’ उनले भने ।

अर्का नेता लिलामणि पोखरेल त ओलीसँग राजावादीहरु मात्रै रहेको आरोप लगाउँछन् । तर ओली समूहका नेता आनन्द पोखरेल भने संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरुले ओलीविरुद्ध झुटा आरोप लगाएको बताउँछन् । अहिलेको सरकार गणतन्त्र विरोधी हुनै नसक्ने र आरोप लगाउने पाखण्डी भएको उनको जिकिर छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x