१८ बैशाख २०८३, शुक्रबार

मेडिकल काउन्सिलले १९ जना नेपाली डाक्टरको दर्ता खारेज गर्‍यो

एसीपी संवाददाता

१८ बैशाख २०८३, शुक्रबार ०८:३० मा प्रकाशित

  • नेपाल मेडिकल काउन्सिलले १९ जना नेपाली डाक्टरको दर्ता खारेज गरेको छ।
  • उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएका थिए।

काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो ।

सूचनामा लेखिएअनुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।

दर्ता खारेज भएका डाक्टरहरुमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत छन् ।

यसैगरी सुनिता विष्ट, दिपा मल्ल, सौरब जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दिपिका ज्ञवाली, हेमु चौरसिया, समिक्षा शर्मा र मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।

हेर्नुहोस् सूचना–

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x