२८ बैशाख २०८३, सोमबार

बर्दियाको राजापुरमा दुई दिने लैंगिक रूपान्तरणकारी तथा समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम

एसीपी संवाददाता

२८ बैशाख २०८३, सोमबार २१:४८ मा प्रकाशित

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने ‘लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन’ सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ ।

क्लबले संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । परियोजना अन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो ।

तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक रहेको बताए ।

सो तालिममा कृष्णप्रसाद पाण्डेय, बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीके तथा आरकेजेएसका परियोजना संयोजक मनोज पौडेलले सहजीकरण गरेका थिए ।

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरका अनुसार तालिम लैंगिक तथा सामाजिक समावेशीकरण, लैंगिक रूपान्तरणकारी दृष्टिकोण, समावेशी शिक्षण विधि, सकारात्मक कक्षा व्यवस्थापन, बाल सहभागिता, समानता तथा सहयोगी विद्यालय वातावरण निर्माणजस्ता विषयहरुमा केन्द्रित रहेको थियो ।

उनले समूह कार्य, खेल, भूमिका निर्वाह, अन्तरक्रिया, छलफल तथा भिडियो प्रस्तुतीकरणजस्ता सहभागितामूलक विधिबाट सञ्चालन गरिएको उक्त तालिममा शिक्षकहरूले वर्तमान अभ्यासहरूको समीक्षा गर्दै कक्षाकोठामा लैंगिक विभेद न्यूनीकरण तथा समावेशीकरण प्रवद्र्धनका नवीन उपायहरूबारे अभ्यास गरेको बताए ।

तालिमको प्रमुख उपलब्धिका रूपमा सहभागी शिक्षकहरूले आफ्ना विद्यालयमा लैंगिक मैत्री तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न विद्यालयस्तरीय कार्ययोजना समेत तयार गरेका छन् । तालिम अवधिभर प्रमिशा थारूले सक्रिय सहभागिता र सहयोग पु¥याएका थिए ।

तालिममा सहभागि शिक्षकहरुका अनुसार यस्ता कार्यक्रमले गुणस्तरीय शिक्षामार्फत हरेक बालबालिकालाई सुरक्षित, सम्मानित र समान अवसरयुक्त वातावरण प्रदान गर्दै समावेशी विद्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x