असंवेदनशिल्ता , दबाव–प्रभाव
असंवेदनशिल्ता , दबाव–प्रभाव , अनिश्पक्षता तथा अन्यायका बिरुद्ध ! सरकार हाम्रो आन्दोलन जारी छ ! मिती २०८३/०१/१२ गते देखि सुरु गरिएको आन्दोलन अन्तरगत आज अनसनको १४ औ दिन । २०८३/०१/२८ गते, नेपालगंज
बिज्ञप्ती
आदरणिय पत्रकार मित्रहरु मानव अधिकारकर्मीहरु बुद्धीजिबी तथा न्यायप्रेमीहरु मा
नमस्कार !
उपरोक्त सम्बन्धमा पछिल्लो समयमा महिला माथि भएको लगभग हरेक घटनामा राजनितीकरण भई महिलाहरु ले पाउनु पर्ने न्यायमा आलटाल ढिला सुस्ती बिभिन्न दबाव प्रभावमा महिला हिंसाका सवालमा सम्बन्धित निकायको पटक पटकको गैरजिम्मेवार रवैयाबाट हामी सबै जना परिचित छौ र देखेका भोगेका छौ ।
पटक पटक यस्को बिरुद्ध आवाज उठाउन खोजिंदा सम्बन्धित निकायको निरन्तरको बेवास्ता , असंवेदनशिल्ता र महिलाका मुद्दा प्राथमिक्तामा नपर्नु मुख्य कारण देखिन्छ ।उदाहरणका लागी निर्मला कुर्मीको घटनामा सरकारबाट ५ पांचौं पटक सम्मको सहमती हुंदा समेत अहिले सम्म पनि पुर्ण रुपमा सरकार संग भएको सहमति कार्यान्वयन गरिएको अवस्था छैन । भने कार्यान्वयन गराउने निकाय स्वयंम दबाव र प्रभावमा परि न्यायका लागि न्यायलय सम्म नै मुद्दा पुर्याउने मन्साय देखिएन ।
निर्वाचन लगतै निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत लैजाने कुरा थियो तर त्यो पनि कुरा मै मात्र सिमित रहयो । अर्को तर्फ थप महिलाहरु पिडित भईरहेको यथार्थ हामी मांझ छ । न्यायको पहिलो खुडकिला भनेको नै जिल्ला प्रहरी कार्यालय हो तर जब त्यहींबाट पिडितहरु को आवाज सुनुवाई हुंदैन पिडितलाई छलफल बिना नै कुनै पनि जानकारी बगैर जाहेरीबाट नाम हटाईन्छ । तर किन के कारणले जाहेरीबाट नाम हटाईयो त्यो सोध्ने अधिकार पिडितलाई छैन ।
यसका उदाहरण तलका यि केही घटनाहरु छन ।
घटनाहरु
१.निर्मला कुर्मीको घटनामा प्रथम अनुसंधान गरेका प्रहरी तथा पदाधिकारी सहितको टोलीलाई गृह मन्त्रालय संग भएको पांचौ पटकको सहमतीमा उक्त टोलीको मांग गरिएकोले गृह मन्त्रालयले उक्त टोली पठाएकोमा एस.पी अंगुर जि.सिद्धारा बांके जिल्लाको कार्यभार सम्भालेको २/४ दिनमै दबाव प्रभावमा परि अनुसांधान टिम माथि केरकार , सरुवा । तर अहिले सम्म निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत लग्ने कुनै पहल छैन । जबकी निर्वाचन लगतै निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत लैजाने कुरा थियो ।
२.टंगपसरी की गुडिया कहार हत्या केसमा पिडितले चार जना माथि दिएको ज्यान सम्बन्धिको कसुरमा जाहेरी दर्ता नगरि मात्र एक जना (सासु) माथि एस.पी अंगुर जि.सिद्धार दुरुत्साहन जाहेरी दर्ता गरेको ।
३.नाबालक ६ बर्षिय बालक दिपेश चमारको स्कुल र बिद्यालय ब्यवस्थापनको लापरवाही तथा कम्जोरीले बुग्गी गाडाले कुल्चिएर मृत्यु तर एस.पी अंगुर जि.सिद्धारा प्रिन्सिपल, बि.ब्य.स. अध्यक्ष र बुग्गी गाडा चालक २ जना मध्ये १ जना माथि जाहेरी दर्ता भयो । ३ जनालाई दबाव प्रभावमा परि बचाउने कार्य एस.पी अंगुर जि.सिद्धारा भयो ।
४.शिक्षकद्धारा नाबालिक बालिका तथा महिलालाई अभद्र ब्यवहारमा एस.पी अंगुर जि.सि द्धारा असंवेदनशिलता । पक्षपात तथा दबाव र प्रभावमा एकलौटी रुपमा मुद्दा दर्ता ।
५.जलाएर मारिएकी महिला सृजना बुढा मगरको यौन पेशामा आबद्धता रहेको भनि एस.पी अंगुर जि.सि द्धारा मरणोपरान्त चरित्र हत्या । र आन्दोलन पछि मात्र जाहेरी दर्ता ।
६.ब्यक्ति बेपत्ताको जाहेरी करिब २ महिनामा दर्ता भएको तर मान्छे समातिएन ।
यसरी महिला प्रतिको असंवेदनशिल्ता , अन्याय कुनै पनि अवस्थामा स्वीकार्य नहुने हुंदा हाम्रो तपशिलको ९ बुंदे माँग पुरा नभए सम्म मिती २०८३/०१/१५ गते हिरासतमा जिल्ला प्रहरी कार्यालयमै सुरु गरिएको मेरो अनिश्चतकालिन अनसन जारी रहने व्यहोरा सबै बुद्धी जिबी, न्याय प्रेमी मानव अधिकारकर्मी तथा पत्रकार मित्रहरुमा जानकारी सहित सबैको साथ र सहयोगका लागी हार्दिक अनुरोध गर्दछु ।
हाम्रा मांग
१. निर्मला कुर्मीको मुद्दामा गृह मन्त्रालयले पठाएको अनुसंधान टिम पुर्ण गरी निर्मला कुर्मीको मुद्दा तत्काल सम्मानित अदालतमा पुर्याइयोस ।
२. गुडिया कहार हत्या मुद्दामा पिडितबाट थप ३ जना बिरुद्ध पुरक जाहेरी लिई निश्पक्ष अनुसंधान गरी मुद्दा सम्मानित अदालत पुर्याइयोस ।
३. नाबालक दिपेश चमार केसमा पिडितबाट थप ३ जना उपर पुरक जाहेरी लिई निश्पक्ष अनुसंधान गरी मुद्दा सम्मानित अदालत पुर्याइयोस ।
४.पिडाले छटपटिदै गरेको दिपेश चमारको तत्काल उपचार नगरी संजिवनी मेडिकल कलेजमा रेफर गर्दा बाटो मै मृत्यु भएकोले तत्कालिन डिउटीमा रहेका डक्टरलाई कार्यवाही गरियोस ।
१. शिक्षक नारायण शर्मा द्धारा नाबालिक बालिका तथा महिलालाई अभद्र ब्यवहारमा कडा कार्यबाही गरियोस ।
२. ब्यक्ति बेपत्ताको जाहेरी करिब २ महिनामा दर्ता भएको तर मान्छे समातिएन तत्काल कार्यवाही गरियोस ।
३. जलाएर मारिएकी महिला सृजना बुढा मगर बारे एस.पी अंगुर जि.सि द्धारा आपत्ति जनक शब्द प्रयोग गरी मरणोपरान्त चरित्र हत्या गरिएकोमा सार्वजनिक रुपमा उक्त आपत्ती जनक शब्द फिर्ता लिइयोस ।
८.महिलाको मानव अधिकारका लागी शान्तिपुर्ण रुपमा आन्दोलन गर्ने महिला अधिकारकर्मीलाई बलजफती हिरासतमा लिई शान्तिपुर्ण न्यायको आवाजलाई दबाउने झुठा मुद्दा चलाउने तथा न्यायिक आन्दोलनमा प्रहरी दमन गरी आन्दोलन बन्द गर्न दुस्साहस गर्ने बाँके जिल्लाका एस.पी अंगुर जि.सीलाई कडा कार्यवाही गरियोस । र अधिकारकर्मीलाई हिरासतमा लिई गाडीमा तथा जिल्ला प्रहरी कार्यालय भित्र हप्की दप्की गरी अभद्र ब्यवहार गर्ने डर त्रास देखाउनमा संग्लग्न प्रहरी / अधिकृतलाई तत्काल कार्यवाही गरियोस ।
९.महिला अधिकारकर्मीहरु लाई अब उप्रान्त कुनै पनि झुठा मुद्दामा नफसाउने गरि ज्यु ज्यानको सुरक्षाको गयारेन्टी गरियोस ।
रुबि अभियन्ता



