३० बैशाख २०८३, बुधबार
नेपालगंज वडा नम्बर ८ को कार्यालय भवनको उदघाटन , नयाँ भवन बाट सम्पूर्ण सेवा प्रदान हुने ।
नेपालगंज – नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले आज वडा नम्बर ८ को कार्यालय भवन उदघाटन गरी नेपालगंज उप-महानगरपालिका वडा नं. ८ कार्यालयको नयाँ भवन टागास्टैण्ड नजिकै रहेको नगरभवनमा वडा कार्यालय भवनको शुभारम्भ कार्य सम्पन्न भाएको कार्यालयले जानकारी दिएको हो ।

उदघाटन कार्यक्रममा नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिस्ट , वडा नं ८ का वडा अध्यक्ष रजनीश बाजपेयी , वडा सदस्य निखिल वैश्य , अमन गुप्ता , बिमला देवी वैश्य , निर्मला धोबी , वडा सचिव प्र.अ. शान्ता घर्ति , सहायक प्र.अ. प्रेम बजगाँई , सहायक लेखा अधिकृत सोनी खड्का , प्राविधिक अधिकृत पवन बुढा लगायत संपूर्ण वडावासीहरू को उपस्थिति रहेको थियो ।

कार्यालयको सम्पूर्ण कार्य यहि बाट संचालन हुने जानकारी दिए । स्थानीयले अब आफ्नो सम्पूर्ण कार्य यहि बाट सेवालिन आग्रह गरे ।


Subscribe
Login
0 Comments



