२२ जेष्ठ २०८३, शुक्रबार

ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता

एसीपी संवाददाता

२२ जेष्ठ २०८३, शुक्रबार ०८:३२ मा प्रकाशित

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ ।
  • पाँच दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेताहरूसँग भेटघाट गर्नुभएको छ ।

२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि गत १८ गते नयाँ दिल्ली गएका थिए । भाजपाको निमन्त्रणामा दिल्ली गएका उनी त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् ।

आज दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछानेले साँझ गोरसँग भेटवार्ता गरेका हुन् ।

गोर भारतका लागि अमेरिकी राजदूत पनि हुन् । गोर यसअघि गत वैशाखमा नेपाल आएका थिए । त्यतिबेला पनि उनले  रबि लामिछाने  लगायतका  नेताहरू हरूसँग भेटवार्ता गरेका थिए । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x