३० भाद्र २०८३, मंगलवार
पूर्वमन्त्री इस्तियाक राईकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना
दिनेश ठाकुर नेपालगन्ज — बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईकी आदरणीय आमा सिकिस्त बिरामी भई भारतको लखनउस्थित मेदान्ता अस्पतालमा उपचाररत हुनुहुन्छ।
उहाँको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै परिवारजन, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। आमाको उपचार सफल होस् र उहाँले चाँडै पूर्ण स्वास्थ्यलाभ गरी घर फर्किन सकून् भन्ने कामना सहित दुआ तथा प्रार्थना गरिएको छ।
यस कठिन घडीमा पूर्वमन्त्री राई तथा उहाँको परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उपचाररत आमाको शीघ्र स्वास्थ्यलाभ, उपचार सफलताको तथा दीर्घायुको कामना गरिएको छ।
“उहाँको उपचार सफल होस्, शीघ्र पूर्ण स्वास्थ्यलाभ गरी सकुशल घर फर्किनुहोस् भन्ने हार्दिक दुआ तथा प्रार्थना गर्दछौँ।”
Subscribe
Login
0 Comments


