६ आश्विन २०८३, मंगलवार

बाँके प्रहरीको भदौ महिनाको प्रगति विवरण: १५२ वटा मुद्दा दर्ता, भारी मात्रामा लागुऔषधसहित ६१ जना पक्राउ

एसीपी संवाददाता

६ आश्विन २०८३, मंगलवार ११:४५ मा प्रकाशित

नेपालगन्ज, बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको भदौ महिनामा सम्पादित विभिन्न कार्य तथा प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यस महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा विभिन्न अभियान अन्तर्गत उल्लेखनीय उपलब्धि हासिल भएका छन्।

अपराध दर्ता तथा अनुसन्धान: भदौ महिनामा कुल १५२ वटा मुद्दा दर्ता भएका छन्। जसमा जघन्य तथा गम्भीर प्रकृतिका ७ वटा, गम्भीर ५१ वटा र सामान्य अपराधका ९४ वटा मुद्दा रहेका छन्।

लागुऔषध नियन्त्रण: लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले १४९ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, १३ किलो ६४ ग्राम अफिम, ४३,१९९ क्याप्सुल ट्रामाडोल, २७ ट्याब्लेट नाइट्र्राजेपाम, १४८ ग्राम चरेस र १,४०० मिलिग्राम कोरेक्स बरामद गरेको छ। यस प्रकरणमा ६१ जना मानिस पक्राउ परेका छन्।  

सवारी दुर्घटना तथा कारबाही: यस अवधिमा ८५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनाका कारण चार जनाको मृत्यु र १५७ जना घाइते भएका छन्। तीव्र गति र चालकको लापरवाही मुख्य कारण देखिएको छ। चेकिङका क्रममा १,५७६ वटा सवारी साधनलाई कारबाही गरी रु. १,२७,५००/- राजस्व संकलन गरिएको छ।  

घरेलु हिंसा तथा आत्महत्या: घरेलु हिंसासम्बन्धी ४५ वटा उजुरी दर्ता भएकामा ४३ वटा मिलापत्र वा अदालत पठाइएको छ। त्यस्तै, १८ वटा आत्महत्याका घटना दर्ता भएका छन्।  

जनचेतनामूलक कार्यक्रम: समुदाय र विद्यालयस्तरमा लागुऔषध दुर्व्यवहार र अपराध न्यूनीकरणका लागि ११६ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x