२७ आश्विन २०८३, मंगलवार
माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा राष्ट्रपति, ,प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।
नेताहरुले माघे सक्रान्ति पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने नेताहरुले कामना व्यक्त गर्नुभएको छ ।
Subscribe
Login
0 Comments


