२७ आश्विन २०८३, मंगलवार

चीन सरकारले कोभिडको बाहाना बनाई अप्रत्यक्ष रूपमा नेपालमा नाकाबन्दी गर्दा सरकार किन मौन

एसीपी संवाददाता

५ माघ २०७७, सोमबार ०७:२७ मा प्रकाशित

प्रजातान्त्रिक आन्दोलनको नाममा पाँच दशक पछि फेरि अर्को युवापीढिलाई जबर्जस्ती आन्दोलित बनाइएको छ ।नेपाली युवाहरुलाई प्रजातान्त्रिक आन्दोलनको कुचक्रमा पेलिएको छ ।नेपालका राजनैतिक दलको असक्षम रणनीति र अदुरदर्शिताका कारणले लाखौं लाख युवाको भविष्य अन्योलमा फसेको छ । पूर्णिमाको अँध्यारोमा जुनकिरीको प्रकाश झै झुल्किएको आशा र भरोसामा फेरि कालो बादलको धब्बाले राजनैतिक मैदान प्रदुषित बनाएको छ ।

 -भानु भट्टराई

नेपालको राजनैतिक यात्राको गन्तव्य प्रत्येक १० र १० वर्षमा फेरबदल भइरहेको देखिन्छ । नेपाली जनताले उठाएको राजनैतिक मुद्धाको सुरुआत २००७ देखि अनवरत रूपले अगाडि बढिरहेको छ । सात सालको राणा शासन विरुद्धको प्रजातान्त्रिक आन्दोलनदेखिनै नेपाली जनताले नेपालीको अपेक्षाकृत राजनैतिक परिवर्तनको लागि ठूलो बलिदानी सङ्घर्षमा आफूलाई सहभागी गराउँदै आएका छन्।
पटक पटकको प्रजातान्त्रिक आन्दोलनमा सहभागि नेपाली जनतालाई धोका भएको छ ।प्रजातान्त्रिक आन्दोलनमा सहभागि नेपालीहरुको एउटै पिढी नै आन्दोलनको भुमरीमा विलय भएको छ । प्रजातान्त्रिक आन्दोलनको नाममा पाँच दशक पछि फेरि अर्को युवापीढिलाई जबर्जस्ती आन्दोलित बनाइएको छ ।नेपाली युवाहरुलाई प्रजातान्त्रिक आन्दोलनको कुचक्रमा पेलिएको छ ।नेपालका राजनैतिक दलको असक्षम रणनीति र अदुरदर्शिताका कारणले लाखौं लाख युवाको भविष्य अन्योलमा फसेको छ । पूर्णिमाको अँध्यारोमा जुनकिरीको प्रकाश झै झुल्किएको आशा र भरोसामा फेरि कालो बादलको धब्बाले राजनैतिक मैदान प्रदुषित बनाएको छ ।

नेपालमा अब राजनैतिक व्यवस्था परिवर्तनको मुद्धा सेलाउला र आर्थिक विकास र परिवर्तनको मुद्धाले प्राथमिकता पाउला भन्ने जनआस्था र अपेक्षामा गम्भीर ठेस लागेको छ । राजनैतिक मुद्धालाई थाती राखेर आर्थिक मुद्धा र विषयले प्राथमिकता पाउन सकेको छैन् । व्यापार घाटाले आकाश चुमेको छ । भारत संगको व्यापारको एकाधिकारको अन्त्य गरे भनी शंखमूल गर्ने वर्तमान ओली सरकारले चीन सँगको अघोषित नाकाबन्दीको बारेमा एक शब्द पनि बोल्न सकेको छैन् । भारत संगको सामान्य खटपट मा नेपालको सडकदेखि सदनसम्म होहल्ला मच्चाउने कम्युनिस्ट पार्टी नै सरकारको नेतृत्वमा भएको बेलामा चीनको आर्थिक नाकाबन्दीमा कुनै कुटनीतिक पहल र प्रयाससम्म गरेको छैन् । विगत एक वर्षदेखि केरुङ तातोपानी नाकाबाट सहज रुपमा सामान आयात हुन पाएको छैन् । चीन सरकारले कोभिडको बाहाना बनाई अप्रत्यक्ष रूपमा नेपालमा नाकाबन्दी लगाएको छ । नेपाल बाहेकका अन्य मुलुकमा आयात निर्यातमा कुनै बाधा अवरोध गरिएको छैन् तर नेपालमा आयात – निर्यातमा कडाइ गरिएको छ ।

                      ……………………………………………………………………………………………………………………………………………………..

सात दशक लामो अथक प्रयास बाट प्राप्त प्रजातान्त्रिक आन्दोलनका उपलब्धि माथि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कुठाराघात गरेको छ । चुनावमा विकास र समृद्धिको अनेकौ आश्वासन दिएर नेकपाले तिनै तहमा सानदार जित प्राप्त गरेको थियो । तर पाँच वर्ष नपुग्दै ओलीले पार्टी भित्रको अन्तरकलहका कारण संसद विघटन गरि मध्यावधि निर्वाचनको घोषणा गर्न पुग्दा यतिखेर प्रजातन्त्रको मर्म र भावनामा गम्भीर प्रहार मात्र होइन नेपाली जनताले दिएको अभिमत र विश्वासमा धोका भएको छ । नेपाली जनताले राष्ट्र विकासको लागि दिएको प्रष्ट दुई तिहाईको कम्युनिस्ट पार्टीको सरकारलाई बाँदरको हातमा नरिवल दिए झै वन्न पुगेको छ । राजनैतिक व्यवस्थामा पटक पटक परिवर्तन भएको छ तर जनताको जीवन स्तरमा कुनै परिवर्तन भएको छैन् ।

नेपालमा अब राजनैतिक व्यवस्था परिवर्तनको मुद्धा सेलाउला र आर्थिक विकास र परिवर्तनको मुद्धाले प्राथमिकता पाउला भन्ने जनआस्था र अपेक्षामा गम्भीर ठेस लागेको छ । राजनैतिक मुद्धालाई थाती राखेर आर्थिक मुद्धा र विषयले प्राथमिकता पाउन सकेको छैन् । व्यापार घाटाले आकाश चुमेको छ । भारत संगको व्यापारको एकाधिकारको अन्त्य गरे भनी शंखमूल गर्ने वर्तमान ओली सरकारले चीन सँगको अघोषित नाकाबन्दीको बारेमा एक शब्द पनि बोल्न सकेको छैन् । भारत संगको सामान्य खटपट मा नेपालको सडकदेखि सदनसम्म होहल्ला मच्चाउने कम्युनिस्ट पार्टी नै सरकारको नेतृत्वमा भएको बेलामा चीनको आर्थिक नाकाबन्दीमा कुनै कुटनीतिक पहल र प्रयाससम्म गरेको छैन् । विगत एक वर्षदेखि केरुङ तातोपानी नाकाबाट सहज रुपमा सामान आयात हुन पाएको छैन् । चीन सरकारले कोभिडको बाहाना बनाई अप्रत्यक्ष रूपमा नेपालमा नाकाबन्दी लगाएको छ । नेपाल बाहेकका अन्य मुलुकमा आयात निर्यातमा कुनै बाधा अवरोध गरिएको छैन् तर नेपालमा आयात – निर्यातमा कडाइ गरिएको छ ।

विगत एक वर्षदेखि नेपालको लागि आयातमा लोड गरिएका दर्जनौं मालबाहक कन्टेनरहरु नेपाल आउन नपाएर बाटामै अलपत्र परेका छन् । अरबौं अर्बका लत्ताकपडा,फलफूल र खाद्य सामाग्री लोड भएका मालबाहक सवारी साधन नेपाल भित्रिन नपाउँदा नेपाली व्यापारीको बिल्लीबाठ भएको छ ।सामान ड्यामेज भएर नष्ट भएको छ । नेपालको परराष्ट्र मन्त्रालय स्तरबाट कुनै पहल नभएको कर्मचारीको भनाई छ ।कर्मचारीको स्तरबाट भएको पहलमा चीन सरकारले कुनै सुनुवाई नै नगर्ने र सरकारको लेबलबाट कुनै प्रयास नै नभएकोमा आयातकर्ताहरुको खरबौं खर्बको लगानी खरानी हुने अवस्थामा पुगेको छ । चीनका व्यापारीहरूले नेपाली व्यापारीहरुलाई ठूलो सास्ती दिएको नेपाल बाणिज्य संघ,चेम्बर अफ कमर्स र ठूला लगानी गर्ने थोक व्यापारीहरूको दुखेसो छ ।
नुनदेखि सुनसम्म र सियो,सलाईदेखि पलाईसम्म भारतको आयातमा निर्भर नेपालको व्यापारमा सामान्य रोकावट वा खटपट हुँदा सडकदेखि सरकारसम्म तात्ने नेपालको परराष्ट्र बाणिज्य नीति चीनको सामु नतमस्तक देखिन्छ ।
आर्थिक समृद्धि, दिगो विकास,शान्ति,सुशासन र गरिबीबाट मुक्त राष्ट्र केवल कागजमा मात्र सीमित हुन गएको छ । नेपालका क्रियाशील वर्तमान राजनैतिक दल र दलको नेतृत्वबाट अग्रगमन,शान्तिसुशासन, विकास र समृद्धिको खाका नआउने पक्का देखिएको छ ।राष्ट्रका सबै नीति मध्येको प्रमुख नीति राजनीतिमामा नै बेथिति भएपछि अग्रगमन,संवृद्धि,सुशासन, शान्ति र विकासको रेखा चित्र नै गन्तव्य विहिन हुने पक्का छ ।त्यसैले राष्ट्रिय मुद्धालाई प्राथमिकतामा राखेर सबै दल एक ठाउँमा उभिएर साझा राष्ट्रिय रणनीति बनाएमा अग्रगमन,संवृद्धि,सुखी नेपाली र समुन्नत नेपालको सपना साकार बनाउन गाह्रो पक्कै छैन् । (लेखक, मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टीका नेता हुन् । ) हाम्रो दमक बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x