१५ आश्विन २०८३, बिहीबार
चीन र भारतको सेना बिच झडप २० चिनियाँ सैनिक घाईते
चीन र भारतबीच विवादित सीमा क्षेत्रमा विवाद निरन्तररुपमा बढ्दै गएको छ । यसबीच सिक्किमको सीमावर्ती क्षेत्रमा समेत दुई देशको सेनाबीच झडप भएको छ ।
भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार सिक्किमको नाकु ला क्षेत्रमा झडप भएको हो । झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको बताइएको छ ।
भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको उल्लेख छ ।
गत साता नै सिक्किमको सीमावर्ती क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हचो ।
तर, यो सुचना सोमबार मात्रै सार्वजनीक गरिएको छ । यसअघि लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।
उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण चिनियाँपक्षले सार्वजनीक गरेको छैन् । नेपाल पाना
Subscribe
Login
0 Comments


