१३ असार २०८३, शनिबार

माल्दिभ्सले पनि भारतको सेरम इस्टिच्युटमा बनाइएको कोभिशिल्ड खोप लगाउन अनुमति

एसीपी संवाददाता

१७ माघ २०७७, शनिबार ०६:०९ मा प्रकाशित

एजेन्सी मार्फत । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । 

चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह

एक करोड खोप अफ्रिकी देशहरुलाई दिने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता,नेपाल सहित छिमेकी मुलुमलाई ५५…

स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।  खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले जनाएको छ ।

त्यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् । कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।

माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] माल्दिभ्सले पनि भारतको सेरम इस्टिच्य… […]

1
0
Would love your thoughts, please comment.x
()
x