१३ असार २०८३, शनिबार

प्रकृति अब चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने तयारीमा

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १५:२९ मा प्रकाशित

चलचित्र ‘होस्टेल’मा काम गरेर चर्चा कमाएकी नायिका प्रकृति श्रेष्ठ बिहेपछि अभिनयबाट टाढा भएकी थिइन् । बिहे गरेर अष्ट्रेलियामा रहँदै आएकी प्रकृतिको चलचित्र र म्यूजिक भिडियोमा राम्रो क्रेज थियो । तर, उनी अभिनयबाट टाढा हुँदै अष्ट्रेलियामा नै घरजम गरेर बसिरहेकी छिन् ।

उनै, प्रकृति अब चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने तयारीमा छिन् । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठ अनुवन्धित भएको निर्माणपक्षले बताएको छ ।

माल्दिभ्सले पनि भारतको सेरम इस्टिच्युटमा बनाइएको कोभिशिल्ड खोप लगाउन अनुमति

प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ । सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ । अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x