मधेसमै खस्कियो हैसियत : बाबुराम मधेसमा यादवमाथि पनि हाबी
फाइल तस्बिर
जनता समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाबी हुँदै गएका छन् । केन्द्रमा संघीय परिषद अध्यक्ष रहेका बाबुराम मधेसमा केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादवमाथि पनि हाबी भएका छन् । मधेसमा उपेन्द्र यादवलाई शीर्ष नेता मानिन्थ्यो ।
अब भने त्यो स्थान गोरखाका बाबुरामले लिन थालेका हुन् । मधेसमै बाबुराम हैसियतमा उपेन्द्र भन्दा ठूलो देखिएका छन् ।
त्यसो त पछिल्लो समय चीनबाट पैसा लिएको भनेर उपेन्द्र विवादमा छन् । त्यसैगरी प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार गरेर मधेस विरोधी ओलीसँग मिलेको भन्दै पार्टीभित्र र मधेसमा असन्तुष्टि छाएको छ ।
प्रदेश २ को राजधानी जनकपुरधाममा हिजो (सोमबार) सम्पन्न “युवा समायोजन अन्तरक्रिया कार्यक्रम”को बरियताक्रममा महन्थ ठाकुर पहिलो बरियतामा थिए भने उपेन्द्र यादव दोश्रो र डा. बाबुराम भट्टराईलाई चौथो बरियतामा थिए ।
तर, यहीँ बीचमा माघ २१ गते (बुधबार) सुनसरीको इनरूवामा हुन लागेको पार्टीको कार्यक्रममा पुराना मधेसी नेताहरुको हैसियत देखिने भएको छ । इनरुवामा हुन लागेको कार्यक्रममा बाबुराम पहिलो वरियतामा हुने छन भने उपेन्द्र तेस्रोमा । दोस्रोमा महन्थ ठाकुरलाई राखिएको छ ।
यसरी मधेसको नाम भजाएर सत्ताको सिँढी चढ्न पल्किएका उपेन्द्रलाई आजभोलि बाबुरामले मात खुवाउन थालेका छन् । जसका कारण मधेसमै उपेन्द्र ओकात गिर्दो क्रममा छ ।

त्यसैगरी अर्का नेता राजेन्द्र महतो भने वरियताको पुछारमै पुगेका छन् । मधेस मुक्तिको कुरा गर्ने बाबुराम मधेसी नेतालाई नचाउने हैसियतमा उक्लिएका छन् ।
एक नेता भन्छन, अबको नेता उपेन्द्र होइन बाबुराम हुन् । मधेसमा पनि आफ्नो पकड बलियो बनाउँदै लगेका छन् ।
नयाँ शक्तिलाई उपेन्द्रको पार्टीमा विलय गराएर बाबुराम राजपा समेतको एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने अवस्थामा पुगेका हुन् । जसमा उपेन्द्र यादव पछाडि परेका छन् ।नेपालपाना


