२७ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री ओलि हटाउन देउवाको घरमा को को कम्युनिस्ट नेताले लगाए ल्याप्चे

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार १३:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरु गएको आरोप लगाउनुभएको छ ।

बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाउनुभएको हो ।

ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरुको मुकुण्डो खुइलिएको तर्क गर्नुभयो ।

उहाले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताउनुभयो । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न उहाले सुझाव पनि दिनुभयो ।

ओलीले मुलुक निर्वाचनमय भइसकेको भन्दै अव तोकिएको समयमा निर्वाचन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीहरूको समस्या समाधान गर्न अवरोध गरेको आरोप लगाउनुभयो । उहाले अव मुलुकमा भेदभाव र पक्षपात अन्तय गरिने भन्दै सुकुम्वासीहरूको समस्या समाधान गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै नेकपा ओली पक्षका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–नेपाल पक्ष पार्टी रक्षाको पक्षमा नभइ ओलीलाई देखाएर जनमत हत्याउने प्रयासमा रहेको बताउनुभयो । उहाले प्रधानमन्त्रीलाई सरकार र पार्टीमा काम गर्न नदिएकै कारण ताजा जनादेशमा जाने निर्णय गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी नेकपा ओली पक्षका नेताहरुले मुलुकलाई स्थीरता र बिकासको बाटो तर्फ अघि बढाउन निर्वाचनमा जोड दिएको र जनताले आफुहरुलाई बहुमतका साथ बिजयी गराउने बताएका थिए

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x