२७ आश्विन २०८३, मंगलवार

प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण मुलुकभरको जनजिवन प्रभावित

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार १४:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण मुलुकभरको जनजिवन प्रभावित भएको छ ।
गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।  हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका थिए भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  बन्दका क्रममा केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव पक्षले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो । यससँगै संसद विघटनविरुद्ध घोषणा गरेका तेस्रो चरणका आन्दोलनका कार्यक्रम भने केही परिवर्तन भएका छन् ।

त्यस्तै शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको आरोप ओली पक्षले लगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x