२७ आश्विन २०८३, मंगलवार

प्रचण्ड–नेपाल पक्षले आमसभाको पूर्वसन्ध्यामा काठमाडौंमा मार्चपास

एसीपी संवाददाता

२७ माघ २०७७, मंगलवार १३:१९ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल पक्षले आमसभाको पूर्वसन्ध्यामा काठमाडौंमा मार्चपास निकालेको छ ।

बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गबाट पुतलीसडक, बागबजार हुँदै पुन बाल्मिकी क्याम्पस प्रदर्शनीमार्गमा पुगेर मार्चपास सकिएको थियो । मार्चपासमा सहभागीहरुले प्रतिनिधिसभा बिघटन संविधान बिपरित भएको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । मार्चपासमा नेकपा नेता योगेश भट्टराईले बिहीबार हुने सभाको बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौंको बिभिन्न ५ स्थानबाट र्याली निस्कने र भद्रकालीमा एकीकृत जुलुसमा परिणत हुने उहाले बताउनुभयो । र्याली भृकुटिभण्डप पुगेर सभामा परिणत हुने उहाले बताउनुभयो ।

संसद बिघटन पछि नेकपा प्रचण्ड–नेपााल पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x