१३ कार्तिक २०८३, बिहीबार

बैतडीमा मृत अवस्थामा फेला परेकी किशोरीको हत्या दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार ०७:५८ मा प्रकाशित

धनगढीः बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा निरन्तर प्रदर्शन भइरहेको छ। 

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको ८ दिन भइसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै बिहीबार पनि विद्यार्थीहरु सडकमा निस्किएका छन्। 

विद्यार्थीहरुले भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित आँखाका काटो पट्टी बाँधेर मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। दिनेशखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x