३ आश्विन २०८३, शनिबार

मधु पौडेललाई भारतीय कलाकार सोनु सुदले सहयोग गर्ने

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार ०३:०८ मा प्रकाशित

बलिउड अभिनेता सोनु सुदले एक जना नेपालीको उपचारमा मद्दत गर्ने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेललाई सोनुले सहयोग गर्ने भएका हुन्।

एंकोलोजिङ स्पोन्डिलाइटिस मेरुदण्ड सम्बन्धी दुर्लभ रोग हो। यो रोगबाट पीडित व्यक्तिको कम्मर र जोर्नीहरूमा समस्या आउँछ। जसका कारण उनलाई हिँडडुल गर्न र बस्न गार्ह्रो पर्छ।

मधुले फेबुअरी १३ मा ट्विटरमा सोनु र उनको फाउन्डेसनलाई मेन्सन गर्दै लेखेका थिए, ‘नमस्कार सर, म नेपालबाट मधु पौडेल। १० वर्षको उमेरदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छु। त्यसैले गर्दा कक्षा १० पढ्दापढ्दै बीचमै छोड्नुपर्यो। एम्सका डाक्टरहरू मेरो शल्यक्रिया गर्न सुझाव दिइरहेका छन्। तर शल्यक्रियाको लागि मसँग पैसा छैन। कृपया तपाईं मेरो सहयोग गर्न सक्नुहुन्छ?’

मधुले ट्विटमा यसो लेख्दै एउटा भिडिओ पनि सेयर गरेका छन् जसमा उनी लठ्ठी टेक्दै हिँडिरहेको देखिन्छ। उक्त ट्विटलाई अभिनेता सोनुले मार्च १ मा रिट्विट गर्दै मधुलाई सहयोग गर्ने बताएका हुन्। अभिनेता सोनुले लेखेका छन्, ‘अतिथि देव भवः हिन्दुस्तानबाट तपाईं नेपाल फर्कंदा बिना लठ्ठी दौडेर जानुहुनेछ।’

सोनुले यस अघि पनि महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x