७ कार्तिक २०८१, बुधबार

खस मानशिकताका कारण मधेशहरुको विकास हुन नदिएको -डा.सिके

एसीपी संवाददाता

५ फाल्गुन २०७६, सोमबार ०५:११ मा प्रकाशित

फागुन ५ गते बर्दिया । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले खस मानशिकताका कारण मधेशहरुको विकास हुन नदिएको बताएका छन । पहाडीबाद मानसिकताका कारण नेपालमा जातियता बिद्रोह जन्मिएको आरोप लगाएका छन । बाँके बर्दियामा सम्पन्न आमसभामा राष्ट्रिय अध्यक्ष डा.सिके राउतले आफुहरुले मधेशी जनताको हकहितका लागि आन्दोलन गर्दे आएको बताउदै मधेशी समुदायको हकहित सुरक्षण गर्न आफुआफुले बिद्रोहको शुरुवात गरेको बताउनुभएको छ ।

बर्दियाको गुलरियामा आयोजित आमसभा राष्ट्रिय अध्यक्ष डा.सिके राउतले तराई मधेशबाट धान,गहु देश बिदेश पठाउने गरिन्थ्यो अहिले आएर हामी उल्टै किन्नु पर्ने आवस्था आएको भन्दै यो सबै देन कम्यूनिष्ट सरकारका कारण भएको बताए

केन्द्र्र्र्र्र्र्रिय सदस्य तथा बाके ईन्चार्ज ईरफान शेखले बर्दियामा २०७५ साल भदौ ७ गते उपेन्द्र यादवकै निर्देशनमा राम मनोहर यादवको हत्या भएको आरोप लगाएका छन ।

केन्द्र्र्र्र्र्र्रिय सदस्य तथा बाके ईन्चार्ज ईरफान शेखले बर्दियामा २०७५ साल भदौ ७ गते उपेन्द्र यादवकै निर्देशनमा राम मनोहर यादवको हत्या भएको आरोप लगाएका छन

कार्यक्रममा बर्दिया ईन्चार्ज तथा केन्द्रिय सदस्य अब्दुल खाँन सहित नेता कार्यकर्ताहरु सहभागिता रहेको थियो । नेपालमा बस्ने पहाडीहरुले तराई मधेशीलाई अनुहार हेरेर गर्ने बिभेदका कारण आफुमा बिद्रोहको भावना जागृत भएको स्पष्ट पार्नुभएको छ । नेपालका दुई तीन घट्नाले आफुलाई यस दिसामा तानेको उहाँले बताउनुभयो । आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले पहिलो घट्ना आजभन्दा १८ वर्षअघि जतिबेला ऋतिक रोशन काण्डको बिषयमा नेपालका बिभिन्न ठाउमा मधेशमा मधेशीहरुलाई समात्दै पिट्ने घट्नाले आफुलाई सोच्न बाध्य बनाको र पहाडीबादका बिरुद्ध बिद्रोह गर्नुपर्ने बाध्यता सृजना गरेको स्पष्ट पार्नुभयो ।भारतीय अभिनेताको अघोषित कुरालाई लिएर नेपालका मधेशीमाथि हिंसा गरियो, उहाँले भन्नुभयो, छिमेकी देशका व्यक्तिको कुराले हामी नेपाली आफ्नै देशमा पिटाई खानु ? यो कत्तिको जायज छ भन्ने कुरा सोच्न बाध्य बनायो ।

त्यस्तै २०६३ साल पुष महिनामा नेपालगञ्जमा भएको दंगामा मधेशीहरु आफ्नो हक अधिकारका लागि आवाज उठाउँदा उनीहरुप्रति नेपाल सरकारले दमन ग¥यो । मधेशीहरुले संचालन गरेको पसल जलाइयो, घरबाट निकाल्दै कुटपिट गरिएको दोस्रो घट्ना भएको बताउनुभयो ।त्यतिबेला एसपीले आन्दोलनकारीलाई प्रदर्शन गर्न भारत जाऔ भन्ने, हाम्रो अनुहार भारतका जनतासंग मिल्छ भन्दैमा दमन गर्न गरियो, उहाँले भन्नुभयो, त्यतिबेला आफ्नो अधिकारका लागि भएको प्रदर्शनमा मधेशीहरुले ज्यान गुमाउन प¥यो । आफ्नो हक अधिकारका लागि मधेशका नेपालीहरु एकजुट हुन सकिएन भने रोहिग्याँ मुस्लिमहरुको हालत जस्तै मधेशी नेपालीको हालत हुने दावी गर्नुभयो ।नेपालमा ५४ जना मधेशीहरु शहिद भएपनि मधेशीहरुको माग पुरा नहुनु तेस्रो घट्नाले आफुलाई बिरोधतर्फ प्रेरित गरेको उल्लेख गर्नुभयो ।

आफुहरुका राजनीति गर्ने वातावरण बनाई टिकाई राख्नका लागि मधेशी नेताहरुले पनि केही गर्न नसकेका अवस्थालाई अन्त्य गर्न बिरोधका गतिबिधि संचालन गरेको बताउनुभयो । उहाँले मधेशी पनि नेपालका नागरिक भएकाले पहाडीबाद अन्त्य गरी देश बनाउन सरकारले सबैको मागलाई ध्यान दिई कार्यान्वयनतर्फ जान आग्रह गर्नुभयो ।मधेशीले देशप्रति गरेको योगदानको बिषयमा चर्चा गर्दै नेता राउतले सरकारको बिभेदका कारण मधेशका समुदाय सधै उत्पिडनमा रहेको दावी गर्नुभयो । मधेशको आवाजलाई सार्वजनिक गर्नका लागि नै पार्टीको चुनाव चिन्ह लाउडस्पिकर राखेको नेता राउतले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x