२१ कार्तिक २०८३, शुक्रबार

नेपालगंजमा अन्तराष्ट्रिय डान्स ब्याटल प्रतियोगिता हुदै

एसीपी संवाददाता

३ चैत्र २०७७, मंगलवार १६:२२ मा प्रकाशित

नेपालगंजमा ठुलो अन्तराष्ट्रिय डान्स ब्याटल प्रतियोगिता हुने भएको छ । रोयल डान्स एकेडेमी नेपालगंज र फिल द डि डान्स सेन्टर कोहलपुरको आयोजनामा नेपा जाम भोलुम २, यहि चैत्र ६ गते शुक्रबार हुन लागेको हो ।देश र बिदेशका प्रतिष्पर्धी हुने उक्त प्रतियोगितामा निणार्यकको भुमिकामा पनि अन्तराष्ट्रिय निणार्यकहरु रहने छन । बिभिन्न बिधामा डान्स ब्याटल गरी बिजेतालाई २ लाख पुरस्कार दिईने छ । पहिलो भोलुम १ भने काठमाण्डौमा भएको थियो । प्रतिष्पर्धीहरुले बिभिन्न बिधामा आ आफ्नो डान्स देखाउन सक्नेछन र एकै जनाले पनि सबै बिधामा प्रतिष्पर्धी गर्नसक्ने जनाइएको छ ।डान्सका बिभिन्न प्रतियोगिता भएतापनि यस्तो खाले प्रतियोगित नेपालगंजमा पहिलो पटक हुन लागेको र यसले कलाकारहरुलाई अघि बढ्न थप प्रोत्साहान हुने आयोजक टिमको तर्फबाट रोहित थापाले जानकारी दिनुभयो । साथै यस प्रतियोगीताका उत्कृष्ट ३ जनालाई भारतमा हुने अर्को एक रियालिटी डान्स सोमा पनि लिईने आयोजक टिमले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x