आर्थिक विकास बाट जनता सन्तुष्ट न भए सम्म परिवर्तन खतरामा रहने-पुर्व मन्त्री दिलेन्द्र बढु
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री दिलेन्द्रप्रसाद बढुले जब सम्म आर्थिक विकास बाट जनता सन्तुष्ट हुन सक्दैनन् तब सम्म परिवर्तन खतरामा रहने बताउनुभयो । नेपाली काङ्ग्रेस अछामको सदरमुकाम मंगलसैनमा भएको सम्मान तथा चियापान कार्यक्रममा पुर्व मन्त्री बढुले विकास भएन भने परिवर्तनमा धक्का पुग्छ अरुको सहयोग विना हामी आफैले केही गर्न सक्दैनौं देशमा विकास गर्न अनुदान स्विकार्नुको विकल्प छैन भन्नुभयो । कार्यक्रममा पुर्व मन्त्री बढुले सेनाको उपस्थिति सहभागीता सहित सहयोग स्विकार्नु पर्छ भन्नेमा नेपाली काङ्ग्रेस पनि छैन तर सैनिक रणनीति बाहेकको सहयोग स्विकार्नु पर्छ । एमसिसि र एसिया प्यासिफिक रणनीति फरक फरक हो भन्दै उहाले भन्नुभयो हरेक कुरामा राजनीति गर्न छोडनु पर्छ , यसरी बिरोधका लागि विरोध गर्दा देशको विकास हुदैन।कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका सभापति भरतकुमार स्वार , पुर्व सभापति पुष्पबहादुर शाह , जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर कुवर , पुर्व महासमिति सदस्य टिकाराम खनाल , जिल्ला कार्यसमितिका सह सचीव / प्रवक्ता वेदप्रकाश तिमिल्सैना , जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल , नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शरदप्रसाद ढुंगाना , नेविसंघका जिल्ला सचीव बमबहादुर स्वार , नेपाल महिला संघका सचीव पुर्णा शाह लगायतको उपस्थिति रहेको थियो ।




