६ कार्तिक २०८१, मंगलवार

प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

एसीपी संवाददाता

९ फाल्गुन २०७६, शुक्रबार १५:४८ मा प्रकाशित

फागुन ९ । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगन्जमा हुँदैछ ।
युनियनका उप–महासचिव एवम् महाधिवेशन व्यवस्थापन समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
उक्त बैठकले यसअघि महाधिवेशनका लागि गठित उप–समितिलाई पूर्णता दिँदै आफ्नो योजना, कार्यक्रम तथा बजेटसहित पाँच दिनभित्र प्रस्ताव सचिवालयमा पेश गर्ने निर्णय गरेको छ । यस्तै महाधिवेशन भव्यतापूर्वक सफल पार्न युनियनका सम्पूर्ण शाखालाई यथाशक्य आवश्यक सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै संयोजक केसीले महाधिवेशनका लागि विभिन्न क्षेत्र, निकाय तथा सरोकारवालासँग छलफल तथा भेटघाट जारी राखिएको जानकारी दिनुभयो । बैठकमा उपस्थित उप–समिति संयोजक एवम् महाधिवेशन व्यवस्थापन स्थानीय समितिका सदस्यहरूले महाधिवेशनलाई सभ्य र भब्य बनाउन कुनै कसर बाँकी नराख्ने र आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x