१२ जेष्ठ २०८३, मंगलवार

नोवल कोरोना भाइरसबाट बच्न जनता बहुमुखी क्याम्पसको सन्देशमुलक अपिल

एसीपी संवाददाता

२३ फाल्गुन २०७६, शुक्रबार ०६:०८ मा प्रकाशित

शंकर खत्री,इटहरी /२३ फागुन २०७६
इटहरीमा रहेको जनता बहुुमुखी क्याम्पसले नोवल कोरोना भाइरसबाट बच्न सन्देशमुुलक अपिल गरेको छ । स्वास्थ्य तथा शारीरिक शिक्षा विभाग जनता बहुमुखी क्याम्पसले शुक्रबार एक कार्यक्रमको आयोजना गरि नोवल कोरोन भाइरस बाट बच्न अपनाउनु पर्ने सम्यमता बारे जनाकारी गराएको हो । कार्यक्रममा बच्ने उपाय संगै नोवल कोरोना भाइरसको लक्ष्यण तथा सर्ने माध्यम बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. टोलनाथ काफ्लेले भिडभाडमा नजान र अनिवार्य मास्क लगाएर हिड्न आग्रह गर्नु भयो । क्याम्पसका अन्य प्रध्यापकले पनि होली , महोत्सव , पर्व साथै धेरै भिडभाड हुने ठाउँमा नजान आग्रह गर्नु भयो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीलाइ कोरोना भाइरस सम्वन्धि जनाकारीमुलक पर्चा वितारण गरीएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x