स्वास्थ्यकर्मिले सुरु गरिन विपन्न परिवारलाई राहत अभियान ।
बाँके-जानकी गाउँपालिका वडा नम्बर तिनमा बस्दै आइरहेको सीमान्तकृत लोपोन्मुख जाति कुशवन्धिया टोलमा नेपालगन्ज मेडिकल कलेज नर्सिङहोममा कार्यरत स्वास्थ्यकर्मी लालमाया शाही,अनिता थापा ,झरना बुढाथोकीले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।

माया फार्मेसी नेपालगन्जकि प्रोपराइटर रहेकी लालमाया शाहिले सोमबार त्यहाँ अवस्था बुझेर के कस्ता जटिलता छ्न लामो समय देखि नेपालमा कोरोनाको कारण ,एक दुई दिन देखि लगातार अविरल वर्षाका कारण दर्दानक अवस्थालाई बुझेर मंगलवार तीन जना स्वास्थकर्मी नेतृत्वमा खाद्यान्न चामल तेल नुन दाल सहित आज चालीस घरधुरीलाई वितरण गर्नु भएको हो ।
विहान बेलुका छाक टार्न गाह्रो भएको त्यहाँ केही राहत मिल्दा त्यहाँ वासिन्दालाई केही सहज भएको थियो ।
अब बाँके जिल्लाको विभिन्न स्थान कहिकतै भोकै रहेका शारीरिक अशक्त वृद्ध अवस्थाका ,आश्रम रहेका मजदुरलाई दिन प्रतिदिन सामाजिक सेवामा निरन्तर लाग्ने लाल माया शाहिले जानकारी दिनु भएको छ ।
अहिले सम्म कहिकतै बाट सहयोग नजुटेर हामिले आफ्नै आर्थिक सहयोग बाट खाद्यान्न सहयोग गरेको विपन्न परिवारलाई खाद्यान्न सहयोग अभियानकी संयोजक लालमाया शाहिले बताउनु भयो ।

पहिले देखि नै सहकार्य गर्दै आएको स्वास्थ्यकर्मी अनिता शाही झरना बुढाथोकीले यो महान कार्यलाई सम्मान थप सामाजिक सेवा गर्न उर्जा थपेको बताउनु हुन्छ ।सहयोगि मनहरुले सहयोग गर्न चाहे सहयोग गर्न आवान गर्नु भएको छ ।
लामो समय नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज नर्सिङहोममा कार्यरत नर्स लाल माया शाही अहिले सामाजिक सेवामा निरन्तर लागि रहेकी छ्न , उहाँको माया फार्मेसीबाट ,विपन्न परिवारको ब्यक्ति उपचारको रुपमा आएकालाइ सामान्यरूपमा टाउको दुखेको ,ज्वरो आएको हरुलाइ चेकजाँच तथा निशुल्क औषधि दिदै आउनु भएको छ ।
सम्पर्क नं. ९८५८०३०२३०


