७ कार्तिक २०८१, बुधबार

नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि, नेपाली राजदूतवास सँग सम्पर्क गर्ने प्रयास

एसीपी संवाददाता

२७ फाल्गुन २०७६, मंगलवार १२:४४ मा प्रकाशित

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ।
अस्ट्रेलियामा पनि एक नेपाली विद्यार्थी सङ्क्रमित भएका र उनको स्थिति सामान्य रहेको बताइएको छ।
यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गर्दै तीमध्ये दुई जना नेपाली भएको सोमवार साँझ जनाएको थियो।
उक्त सूचना आएपछि सङ्क्रमित नेपाली नागरिकबारे चासो राखेर उनीहरूको पहिचान गर्ने र सम्पर्कमा पुग्ने प्रयास गरिएको राजदूत कृष्णप्रसाद ढकालले बीबीसीलाई बताए।
मङ्गलवार बिहान बीबीसीसँग कुराकानी गर्दै उनले भने, “दुईजना नेपाली सङ्क्रमित भएको भन्ने सूचना जारी भयो। हिजो होली भएकाले हाम्रो दूतावास पनि बन्द थियो। सूचना जारी हुँदा यहाँका कार्यालयहरू पनि बन्द भइसकेका थिए।”
“तर त्यसपछि हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ। आज कार्यालय सुरु भएपछि त्यसबारे जानकारी हुनेछ। हामी थप जानकारी लिने र केही सहयोग गर्न सकिने भए सहयोग गर्ने भन्ने तयारीमा छौँ,” ढकालले भने।
अन्य नेपालीलाई सतर्क हुन आह्वान
राजदूत ढकालले यूएईमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।
कामदारका रूपमा यूएईसहित विभिन्न अरब देशमा गएका नेपाली कामदारहरू ठूलो सङ्ख्यामा एउटै कोठामा बस्ने गरेका छन्।
त्यसैले उनीहरूमा सङ्क्रमण फैलिन सक्ने जोखिममा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x