२९ आश्विन २०८३, बिहीबार
कमिट नेपाल बाँकेले २ दिने “नेतृत्व विकास तालिम” संचालन गर्यो
राप्ती सोनारी गाउँपालिका वडा नं २ को सहयोग मा कमिट नेपाल बाँके ले यहाँ का बादी समुदायलाई “सामुदायिक नेतृत्व विकास” शिर्षक मा २ दिने तालिम सुरु गरेको छ। निरन्तर दलित समुदायको विकास, रूपान्तरण र प्रवद्र्धन मा टेवा पुर्याउने उद्देश्यमा लागि रहेको संस्था “सामुदायिक शसक्तिकरण तथा रुपान्तरण”

( कमिट नेपाल) ले बिशेष गरी बादी समुदाय लाई लक्षित गरी यो कार्यक्रम को आयोजना गरेको हो। सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष धनी खत्री’ को प्रमुख आतिथ्यमा समुदघाटन गरियो। कार्यक्रममा २ नं वडा अध्यक्ष मदन वली र पत्रकारहरुको पनि सहभागिता थियो।

कार्यक्रम मा सहभागी हरुले पालैपालो आफ्ना जिज्ञासा हरु पनि राखिरहेका छन। भने कार्यक्रम लाई कमिट नेपाल का अध्यक्ष प्रकाश नेपाली र निर्देशक केशव नेपाली ले पालैपालो प्रशिक्षण गरिरहेका छन।

कार्यक्रम भोलि समापन हुनेछ।
Subscribe
Login
0 Comments


