६ कार्तिक २०८१, मंगलवार

५ दिने आधाभुरत पत्रकारिता तालीमको सप्पन्न

एसीपी संवाददाता

६ चैत्र २०७६, बिहीबार ०६:४१ मा प्रकाशित

शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो ।
६० जनाको सहभागीता रहेको तालीमको एक कार्यक्रमका विच समापन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले तालीममा शिसेका कुराहरु व्यवहारमा उर्तान सुभकामना व्यतm गर्नुभएको छ । नगरप्रमुख अधिकारीले आजको युग संचारको युग भएकाले तालीममा पश्चात संचारको क्षेत्रमा जोडिएर समाजमा सचेता फैलाउन सुझाउनुभएको छ ।
उहाले तालीम लिएका पशिक्षार्थी सचेत नागरिक भएको विश्वास गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात नोवेल कोराना भाईरसवाट वच्ने उपायको वारेमा गांउगांउ जनचेतना फैलाउन आवाहन समेत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालीमवाट उत्पादन भएको जनशतmीलाई संचारमाध्यममा काम गर्न सुझाव व्यतm गर्नुभएको छ । पौडेलले गांउघरमा हुने सामाजीक कार्यक्रममा उदघोषकको भुमिका देखि ठुला ठुला कार्यक्रम संचालन तर्फ अग्रसर हुन उहांले आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपाका सचिव जगत पौडेल लगाएतले सुभकामना व्यतm गर्नुभएको थियो । पशिक्षार्थीको तर्फवाट प्रकास पाठक र पुर्णा थापाले आफुले सिसेका कुराहरु अवगत गराउनुभएको थियो । कार्यक्रम स्युराज मिडिया प्रालीका अध्यक्ष अर्जुन वेल्लवासेको अध्यक्षता , सदस्य दिपक केसीको स्वागत र पत्रकार माधव वेल्वासेको संचालन सम्पन्न भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x